उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

मत परिणामसहित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् । रामचन्द्र संघाई प्यानलकी श्रेष्ठले अन्जन श्रेष्ठ र उमेश श्रेष्ठका साझा उम्मेदवार भरत राज आचार्यलाई पराजित गरेकी हुन ।

मतगणना अनुसार ज्योत्सना श्रेष्ठले ८ सय ४६ मत प्राप्त गर्दा भरत आचार्यले ७ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै एसोसिएटतर्फको सदस्यमा १ हजार ६ सय ४९ मत खस्दा १९ जना निर्वाचित भएका छन् ।

एसोसिएटतर्फको सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दिपकुमार अग्रवाल, जुना माथेमा, ऋषि अग्रवाल, मुकुन्दप्रसाद तिमिल्सिना र हेमन्त गोल्छा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स