महासंघ निर्वाचनमा वस्तुगततर्फको मतगणना सकियो, उमेशका ८ र अन्जनका ६ सदस्य विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार दिउँसो भएको मतदानअन्तर्गत वस्तुगत सदस्यहरुको अन्तिम मत परिणाम आएको छ । वस्तुगततर्फ बढी मत लयाउने १४ सदस्य विजय भएका हुन् । वस्तुगत सदस्यमा २८ जनाले उम्मेदवारी दिएका थिए ।

विजयी सदस्यमध्ये वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलल श्रेष्ठको समूह बाट ८ जना निर्वाचित भएका छन् भने ६ जना अन्जन श्रेष्ठको प्यानल बाट निर्वाचित भएका छन् ।

कस्ले कति मत ल्याए ?

नरेशलाल श्रेष्ठ (९१ मत), लिलेन्द्र प्रसाद प्रधान (८३ मत), हरिबहादुर कार्की (८२ मत), शिवप्रसाद घिमिरे (७९ मत), अरनिको राजभण्डारी (७६ मत) छन्।

त्यस्तै डा. सुबोधकुमार गुप्ता (७५ मत), रविन पुरी (७४ मत), शोभा ज्ञवाली (७२ मत), भक्तबहादुर हमाल (७२ मत), नानीराज घिमिरे (७२ मत) पनि विजयी भएका छन्।

त्यसैगरी मनोज अधिकारी (६७ मत), कमला श्रेष्ठ (६६ मत), पशुपतिदेव पाण्डे (६५ मत) र राजकुमार कार्की ‘राजु’ (६२ मत) ल्याएर विजयी भएका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स