महासंघ वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल ६१ मत ल्याएर विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । ढकाल ६१ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिस्पर्धी मनिस लाल प्रधानले ५२ र सकुन्तलाल हिराचनले ७ मत ल्याएका छन् ।

उनी उमेश लाल श्रेष्ठको प्यानल बाट उम्मेदवार बनेका थिए । कार्यकारीणी सदस्यहरुमा ढकाल समूहका ८ र प्रधानका ६ जना निर्वाचित भएका छन् । उनी महासंघका पूर्व अध्यक्ष चण्डी राज ढकालका भाइ हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यहरूमा नरेशलाल श्रेष्ठ (९१ मत), लिलेन्द्र प्रसाद प्रधान (८३ मत), हरिबहादुर कार्की (८२ मत), शिवप्रसाद घिमिरे (७९ मत), अरनिको राजभण्डारी (७६ मत) छन्।

त्यस्तै डा. सुबोधकुमार गुप्ता (७५ मत), रविन पुरी (७४ मत), शोभा ज्ञवाली (७२ मत), भक्तबहादुर हमाल (७२ मत), नानीराज घिमिरे (७२ मत) पनि विजयी भएका छन्।

त्यसैगरी मनोज अधिकारी (६७ मत), कमला श्रेष्ठ (६६ मत), पशुपतिदेव पाण्डे (६५ मत) र राजकुमार कार्की ‘राजु’ (६२ मत) ल्याएर विजयी भएका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स