यति धेरैले घट्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स