यस्ता छन् महासंघको चुनावी मैदानमा होमिएका युवा उद्यमी गोयलका एजेण्डा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन गइरहेको छ । यस क्रममा एसोसिएट तर्फबाट केन्द्रीय सदस्यका लागि गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले पनि उम्मेदवारी दिएका छन् । गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्ररणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको नेतृत्वका लागि मैदानमा उत्रिएका गोयल युवा उद्यमी हुन् । विगत एकदशक देखि व्यवसायीक क्षेत्रमा लागिरहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आवद्ध रहेका छन् । आफू व्यवसायी भए पनि नाफामा मात्र नभई समाज र राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने गरि काम गरिरहेको उनी सुनाउँछन् । नाफाका लागि त सबैले काम गर्छन तर राज्यको विकासका लागि हामीले सोच्नु पर्ने उनी बताउँछन् ।

गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरे । जसले उनलाई समाज सेवीका रुपमा पनि स्थापित गरेको छ । उनले भूकम्पपछि संस्था स्थापना गरेर १ हजार ६३ वटा घर बनाए । आफूले गरेको कामको प्रचार गर्ने भन्दा पनि त्यसले परिणाम दिनु पर्नेमा विश्वास राख्ने गोयलले कोरोना महामारीका बेलामा समेत क्वारेनटाइन निर्माण गर्नका लागि आफ्नो निजी निवास समेत निःशुल्क उपलब्ध गराएका थिए । त्यसका साथै उनले निःशुल्क रुपमा खाना समेत वितरण गरेका थिए ।

गोयलले चैत २८ गते हुने महासंघको महाधिवेशनबाट कार्यसमितिमा गएर देशको विकासमा टेवा पु¥याउने योजनामा रहेको छ । उनले अहिले महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एफएनसीसीआईको निर्वाचनमा उत्रिएका उनी नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को काठमाडौं च्याप्टरको अध्यक्ष समेत हुन् । एनवाईईएफ मार्फत पनि उनले सामाजिक काम गरिहेका छन् । युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि पनि आफूले महासंघको चुनावी मैदामा उत्रिएको उनी सुनाउँछन् ।

स्टार्टअप र युवा उद्यमीहरूको विकास गर्न मद्दत गर्न प्रतिबद्ध संस्थाको नेतृत्व गरिरहेका उनी विशेषगरि पछिल्लो समय युवा उद्यमीहरूको समस्यामा केन्द्रित छन् । त्यस्ता समस्याहरूलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि उनी सहयोग गर्दै आएका छन् ।

उच्च विद्यालय र विश्वविद्यालय स्तरमा उद्यमशीलता र रोजगारी सिर्जनाको बारेमा चेतना जगाउने उद्देश्यले विभिन्न सेमिनार, कार्यक्रम र सम्मेलनहरू सञ्चालन गरेर एनवाईईएफ मार्फत नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्नका लागि पनि गोयल लागि परेका छन् । उनको मुख्य एजेन्डा युवाहरूलाई उद्यमशीलतामा प्रवर्द्धन गर्नु र यो बाटो लिन चाहने महिलाहरूलाई सहयोग प्रदान गर्ने रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स