मलाई अब तपाईँ उठ्ने होइन सुत्ने भनेपछि ‘हट’ भयो, चुनौती ‘फेस’ गर्छु भनेर चुनावी प्रतिस्पर्धामा उत्रिएः ज्योत्सना श्रेष्ठ

काठमाडौं । महिलालाई कमजोर पात्रको रुपमा चरितार्थ गराउन खोज्ने हाम्रो सामाजिक अभ्यास निजी क्षेत्रमा पनि उत्तिकै हावी भएको छ । नेपाल उद्योग महासंघको चुनावमा सकभर प्रतिस्पर्धामा नआए हुन्थ्यो र आएपनि निम्छरो पात्रको रुपमा उभ्याउन चाहने पात्रहरूले उनलाई गोटी बनाउन लागेको उनले समयमानै चाल पाइन ।

आफूलाई जोगाउनु पर्छ भनेर उनले सेफ ल्याण्डको रुपमा वरिष्ठ उपाध्यक्षका दावेदार रामचन्द्र संघई प्यानलबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवार दिइन । उनीसँग धेरै सोच्ने र छलफल गर्ने समय थिएन । चुनावी रक्सा रक्सी थियो । माहोल तातेको बेला संघई र उनीबीच कुरा भयो । आफूलाई अप्ठ्यारोमा पार्ने षडयन्त्र भएको उनले चाल पाइसकेकी थिइन् र उनले पछि पछुताउनु नपर्ने गरी संघईको टिमबाट उम्मेदवारी दिइन् ।

आफूमाथि फेयर डिल भइरहेको छैन भनेर बुझेपछि उनले दुई प्यानलका साझा उम्मेदवार भरतराज आचार्यसँग प्रतिस्पर्धा गर्न चुनावमा होमिएकी हुन् । हुन त अन्जन श्रेष्ठको पत्रकार भेटघाट कार्यक्रममा उनी सोही पङ्तीमा उभिएकी थिइन् । समयले उनलाई अर्कै प्यानलमा पुर्यायो । चुनाव जित्नेमा ढुक्क छिन्, उनी । किनकी उनले महासंघको तीन कार्यकालमा गरेका कार्यसम्पादन मूल्यांकन कर्पोरेट क्षेत्रले गरिरहेको छ ।

महासंघमा बसेर विभिन्न समितिको सभापति भएर प्रभावकारी कार्य सम्पादन गरिसकेकी श्रेष्ठले आफ्नो क्षमतालाई राम्ररी बुझेकी छिन् । एसोसिएट उपाध्यक्षमा आफू विजय भएमा त्यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि छुट्टै योजना पनि बनाएकी छिन्, उद्यमी व्यवसायीदेखि सरकारसँग कसरी डिल गर्न सकेमा आइपरेका समस्याको समाधान मिल्छ भन्ने कुराको गहिराई राम्रोसँग बुझेकी छिन् ।

केहि समय अघि बिजनेश म्यानहरूको पार्टीमा महासंघको चुनावी विषयमा छलफल भयो र सोही अवसर को को उठ्ने भने कुरा पनि निष्कियो । सोही माहोलमा एक जना बिजनेश म्यानले श्रेष्ठलाई ‘अब तपाई उठ्ने होइन सुत्ने हो,’ भने । त्यो ओड सुनेपछि उनलाई नराम्रो लाग्यो । आफ्नो क्षमतामाथि प्रश्न गरेको जस्तो लाग्यो र वास्तवै भन्दा उनलाई त्यो ओडले ‘हट’ गर्यो र उनले त्यहि दिन नै प्रण गरिन् ‘म आफ्नो कार्य कौशला देखाएर महासंघको नेतृत्वमा पुग्छु ।’

महासंघमा चुनावमा विजय बन्छु भन्ने उनलाई पक्का विश्वास छ । किनकी उनले यसअघिको कार्यकालमा पनि तयारी गरेकी थिइन, सौरभ ज्योति उठ्ने भनेपछि उनले ज्योतिका लागि सो पद छाडेकी हुन् । अहिले पनि उनलाई कमजोर पात्रको रुपमा लालिपप देखाएर फसाउन खोजिएको थियो । तर, उनले समयमा नै चाल पाइन् र आफू सेफ हुने पूर्ण सहयोग हुने टिमबाट उम्मेदवारी दिएकी हुन् ।

‘कुनै योजना बिना नै म महासंघको चुनावमा होमिएकी होइन, मेरा आफ्नै योजना छन्, काम गर्ने तौर तरिका बेग्लै छ,’ उनले भनिन् ‘सायद म डाक्टर बनेको भए मैले यति धेरै स्पेस पाउथिन होला, अब महासंघको नेतृत्वमा पुगरे उद्यमीहरूका हक र हितका लागि आफूलाई समर्पित गर्छु ।’

यसमा मेरो बल र मेहनत त छँदैनै छ, निजी उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको माथिल्लो तहमा पुगेका तथा पूर्व अध्यक्षहरूलगायत वर्तमान अध्यक्ष र आगामी अध्यक्ष तथा अन्य उद्यमी साथीहरूको साथ र सहयोगको आवश्यक पर्छ । खास गरी वर्तमान अध्यक्ष शेखर गोल्छा र भावी अध्यक्ष चन्द्र ढकालले महिला नेतृत्वलाई विजय गराएर महासंघको प्रतिनिधित्व गर्ने अवसर सिर्जना गर्न अहम भूमिका खेल्नुपर्छ । उनलाई अवसर दिनुपर्छ भन्ने हो ।

एक त म महिला उद्यमी र त्यसमाथि महासंघमा तीन कार्यकालसम्म सभापति भएर काम गरेकी र आफ्नो उद्यम व्यवसायलाई सिर्जनात्मक ढंगबाट अगाडि बढाइरहेकी मलाई उहाँहरूले पक्कै सहयोग गर्नु हुन्छ भन्ने छ । महासंघको माथिल्लो तहमा महिला पुग्नु भनेको महासंघकै लागि पनि गौरवको कुरा हो । चानचुने होइन, अहिलेसम्म क्षमता भएर नै उनी त्यहाँ पुगेकी हुन् । महासंघ पूर्वज तथा वर्तमानले समेत उनलाई निरुत्साहित होइन सबैलाई मोटिभेट गरेर सो पदमा पुर्याउन जोडबल लगाउनु पर्ने देखिएको छ । किनकी ज्योत्सना पछि महासंघमा सो पदका लागि चुनावमा होमिने महिला अहिले देखिसकेका छैनन् ।

महासंघका भावी अध्यक्षले अहिले मिलेर जानुपर्छ भनेर छलफल अघि बढाइराखेका छन् । त्यो मिलेर जाने भनेको के हो त भनेर उनले बुझ्न पनि चाहेकी छिन् । उनले भनेकी छिन् ‘मिलेर जाने हो, सबैले अवसर पाउनु पर्छ, त्यसमा पनि क्षमतावानले पाउनु पर्छ भन्ने हो । गत वर्ष पनि मिलेर नै जानको लागि छाडिदिएको थिए, अहिले उहाँहरू सबैले मलाई सपोर्ट गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

केहि गरी उनलाई सो पदमा पुर्याउन सकिएनक महासंघले थोरै मात्रै कन्जुसाइ गर्यो भने त्यत्तिकै क्षमतावान महिला पाउनको लागि महासंघले धेरै वर्ष कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स