सूर्य नेपालको मिन्ट-ओ बाईट टफि बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्ट-ओ बाईट नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘Freshness in every bite’ को नारा सहित प्रवद्र्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्वीस्ट ¥याप प्याकमा उपलब्ध हुनेछ ।

आकर्षक मूल्य सहित मिन्ट-ओ बाईट ५ रूपैयाँ मा २ वटा उपलब्ध हुनेछ । मिन्ट-ओ बाईट को प्रयोगले अद्भुत सितलताको आभाषको साथै रिफ्रेशिङ अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिन्ट स्वादले ताजा श्वास को साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो ¥यापरमा उपलब्ध मिन्ट-ओ बाईट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरुले मिन्ट-ओ बाईट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्ट-ओ बाईट नेपालभरीका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स