अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक:मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताए । ‘म निजी क्षेत्रको साथमा छु, निजी क्षेत्रको समस्या समाधान गर्न पूर्णरूपमा लाग्नेछु,’ उनले भने ‘मन्त्री रिजालले भने । मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्त्री रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरे । अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको बताए ।

उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दो रहेको बताउँदै अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउन वातावरण बनाउनुपर्ने उल्लेख गरे परिसंघले औद्योगीकरणले मात्रै दीगो विकास प्राप्त गर्न सक्ने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथअघि बढाउन अनुरोध गरेको छ ।

परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउनुपर्ने बताएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स