घट्ने क्रममा सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स