स्किल सेवाले घर निर्माण सम्बन्धि निःशुल्क प्राविधिक परामर्श सेवा दिने

काठमाडौं । स्किल सेवा प्रा. लि. ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ । चैत्र १८ गते शनिबार दिउसो १२ बजे स्किल सेवाको प्रधान कार्यालय बबरमहल काठमाडौमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।

घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिना बताए ।

जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिइने भएको हो । घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन् ।

घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन । यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाई रहेको छ ।

जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा दिनु अति आवश्यक हुने गर्दछ । यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौ भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ ।

प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौ साथसाथै प्रक्रियागत त्रुटि रहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ । यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ ।

स्किल सेवा नेपालकै विश्वसनीय, दक्ष जनशक्ति भएको, हाई टेक डिभाइसको प्रयोग गर्ने, निर्धारित समयमा गुणस्तरिय निर्माण सेवा प्रदान गर्ने घर निर्माण एवं मर्मत सम्भार गर्ने कम्पनी हो । काठमाडौ उपत्यकाका अतिरिक्त पोखरा, चितवन, बुटवलबाट समेत आफनो सेवा दिइरहेको छ ।

स्किल सेवाले हालसम्म २२ हजार भन्दा बढी घरहरुको इन्सपेक्सन एंव मर्मत सम्भार गरी सकेको छ भने विभिन्न ठाउमा थुप्रै संख्यामा समस्या रहित घर निर्माण सम्पन्न गरी सकेको छ भने कतिपय ठाउमा निर्माण रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स