काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ५५ रूपैयाँ कायम भएको छ ।