काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ६० रूपैयाँ कायम भएको छ ।