काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले बढेर १ लाख ९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको छ ।