काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल भित्र्ने र बाहिरिने दुबै घटेको छ । चालु आवको ८ महिनामा नेपालले १० खर्ब ५० अर्बको आयात १ खर्ब ४ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा करिब १३ खर्ब ८ अर्ब बराबरको सामान आयात भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा १९.१३ प्रतिशले आयात घटेका छ ।
साउनदेखि फागुनसम्म एक खर्ब ४ अर्ब रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ । गत वर्ष १ खर्ब ४७ रुपैयाँको वस्तु नेपालले निर्यात गरेको थियो। निर्यात गत वर्षको भन्दा २९ प्रतिशतले घटेको छ ।
चालु आवको दोस्रो चौमाससम्म ११ खर्ब ६३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । चालु आवमा आयात र निर्यात दुबै घटेपछि यस वर्षको साउनदेखि फागुनसम्म २०.१४ प्रतिशत व्यापार घटेको छ । गत आवको सो अवधिमा १४ खर्ब ५६ अर्ब रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।
आठ महिनामा व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ छ । गत वर्ष व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ थियो। गत वर्षको भन्दा व्यापार घाटा १७.८६ प्रतिशले कमी आएको छ ।
चालु आवको ८ महिनामा वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.९९ प्रतिशत र निर्यातको हिस्सा जम्मा ९.०१ प्रतिशत छ । गत आवको सो अवधिमा आयाताको हिस्सा ८९.८६ प्रतिशत र निर्यातको हिस्सा १०.१४ प्रतिशत रहेको छ ।