काठमाडौं । मुलुकभरका होटल उद्योग आर्थिक मारमा परेको गुनासो होटल व्यवसायीहरूको छाता संस्थाले गरेका छ । आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर होटल उद्योगहरू सञ्चालन खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले बताइन् ।
‘२०१९ को तुलनामा २०२२ मा पर्यटकको संख्या वृद्धि आधामा खुम्चिएको छ,’ उनले भनिन् ‘२०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल भित्रिए । यो सकारात्मक सन्देश भएपनि व्यवसायीले पहिलेको तुलनामा व्यवसायिक लाभ लिन सक्ने अवस्था छैनन् ।’ तीन वर्ष थला पारेको होटल उद्योगलाई राज्यबाट आउने नीति नियमले कुनै सहयोग गरेको उनले गुनासो गरिन् ।
‘यतिमात्रै होइन हामी होटल व्यवसायीलाई सरकारले उद्योगको मान्यता समेत दिएको छैन,’ उनले गुनासो गरिन् ‘होटल व्यवसायलाई उद्योगको रुपमा हेरिदिए हामीलाई अगाडि बढ्न सहयोग मिल्थ्यो । हामी साह्रै अप्ठ्यारोमा परेका छौं । खर्च धान्न नसकेर साना होटलहरू कति त बन्द भइसके, कति बन्द हुने क्रममा छन् ।’
अकाँसिएको मूल्यवृद्धि, तरलताको अभाव र व्यवसाय सञ्चालनमा समस्यै समस्या छन् । सबैभन्दा बढी आशा बोकेोे पर्यटक र ग्राहक आउन सक्ने वातावरण नहुँदा धेरैजसो होटल व्यवसायीहरू यो अवस्थामा कसरी व्यवसाय धान्ने भन्ने प्रश्न हरेक क्षण सुन्नु परेको छ ।
पर्यटकहरू नआई वा सेवा नदिई होटलहरू जीवन्त रहन सक्दैनन् । होटल उद्योगको संरक्षण गर्न बढीभन्दा बढी पर्यटक त्र्यिाउन पहल गर्नुपर्ने हुन्छ । यो विषय रोजगारी सम्वद्र्धन र श्रमिकको जीविकोपार्जनसँग समेत प्रत्यक्ष जोडिएको विषयमा सबैजना हो ।। यसर्थ हाम्रो माग भनेकै व्यवसाय सञ्चालन गर्ने वातावरण होस् र भविष्यको समेत सुनिश्चितता हुने नीति हुनै पर्दछ भन्ने हाम्रो माग संघले गरेको हो ।
नेपाल सरकारका नीति निर्माताह–, सम्बद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक, ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासहरूबाट हालसम्म पनि कुनै वाञ्छित नतिजा नआएको दुःखका साथ जानकारी गराउन होटल संघ नेपाल बाध्य भएको जनाइएको छ ।
बैंक वित्त संस्थाबाट ऋणको साँवा ब्याज बुझाउने जिम्मेवारी ऋणी स्वयम्को हुँदा हुँदै पनि कोभिड महामारीको झन्डै ३ वर्ष अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउन लगायतका नियन्त्रणमुखी नीति नियम स्वयम् सरकारबाटै अवलम्बन भएको अवस्था छ ।
महामारीको प्रत्यक्ष मारमा परी शून्यको अवस्थामा झरेको होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था एवं व्यहारबाट समेत वञ्चित गरिएको हुँदा नेपालको होटल क्षेत्र ह्रासोन्मुख अवस्थामा पुगेको संघको ठम्याइ छ ।
वर्तमानमा होटलहरू सञ्चालनमा रहेता पनि चालू खर्च धान्ने समेतको आय हुन नसक्दा घाटामा सञ्चालित छन् । धेरै नयाँ होटलहरुको बजार प्रवेशबाट मागभन्दा आपूर्ति कैयन गुणाले बढी रहेको हुँदा होटलको कारोबारको मूल्य घटाउन ठूलो चाप परेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु अत्यन्त खेदजनक छ ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्वद्ध बैंक एवं वित्तीय संस्थाहरुबाट नेपाली होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूबाट बचाइ पुनर्जिवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा सदा बढ्दै गएको ब्याजदर एकल अंकमा झार्न होटल संघ नेपाल जोडदार माग अध्यक्ष राणाले गरिन् ।
व्यवसायको आयबाट ऋणको साँवा ब्याज तिर्न सक्ने अवस्थामा पुर्याउन हालको विकास क्रममा विद्यमान विमानस्थल, राजमार्ग लगायतका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन जस्ता अतिआवश्यकीय पूर्वाधारको विकास हुँदै गएमा २०२५ भन्दा अगाडि सम्भव नरहेको देखिएको छ ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सम्वद्ध बैंक तथा वित्तीय निकायहरुले हालकै रवैया कायम राखी समस्या समाधानमा पहल नहुने हो भने नेपाली होटल व्यवसाय क्रमिकरुपमा धरासायी हुने निश्चित छ । सो अवस्थामा होटल संघ नेपालले सदस्य होटलहरुको हकहित संरक्षणमा व्यवसाय बन्द गर्ने समेतको विकल्पमा पहल गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना हुन नदिन सदैव सजग उनले बताइन् ।