घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, डिजेलको १.७४ रुपैयाँले घट्दा पेट्रोलको कतिले घट्यो ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

जसअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँले घटेर आएको छ ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । यसअघि पेट्रोलियम पदार्थ मूल्य घटेर आए पनि निगमले नेपालमा मूल्य भने घटाएको छैन ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स