अस्पताल, लिक्विड अक्सिजन प्लाण्ट र खोप उद्योगले ३ % ब्याजदरमा ५० करोड कर्जा पाउने

काठमाडौं । अस्पताल, लिक्विड अक्सिजन प्लाण्ट र खोप उद्योगले ३ प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँ कर्जा पाउने भएको छ ।

स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योगलाई राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ तेस्रो संशोधन गर्दै विशेष पुनरकर्जाको सूचिमा राखेको छ ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।

तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकले विशेष पुनरकर्जामा २ प्रतिशत ब्याज लिन्छ भने बैंक तथा वित्त संस्थाले १ प्रतिशत विन्दुले नाफा राखेर कर्जा प्रवाह गर्छन् । विशेष पुनरकर्जा लिनेले ३ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स