काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ५ रूपैयाँ कायम भएको छ ।