डीडीसीले बढायो दूधको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । डीडीसीले फागुन २ गतेदेखि लागू हुनेगरि दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो।

जसअनुसार, डीडीसीको दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ कायम भएको छ।

सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य चैत १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।

त्यस्तै, दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने डीडीसीले जनाएको छ ।

 

 

प्रतिक्रिया

हेडलाइन्स