काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख १ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर १२ सय २५ रूपैयाँ कायम भएको छ ।