काठमाडौं । सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको हो ।
दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरेको थियो । सोहि अनुरुप दुधको मूल्य घटाएको मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।