भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १.२१ रुपैयाँ, डिजेल प्रतिलिटर ५.०५ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । यसअघि पेट्रोलियम पदार्थ मूल्य घटेर आए पनि निगमले नेपालमा मूल्य भने घटाएको छैन ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स