काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख २ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १२ सय ७० रूपैयाँ कायम भएको छ ।