काठमाडौं च्याप्टरको एनवाइईएफ केटीएम स्टार्टअपको विजेता घोषणा

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) काठमाडौं च्याप्टरले एनवाइईएफ केटीएम स्टार्टअपको विजेता घोषणा गरेको छ । एनवाइईएफ केटीएमको विजेता ‘डक्टर अन कल ’भएको छ । डक्टर अन कले उपाधीसँग १ लाख ५० हजार रुपैयाँ पनि हासिल गरेको छ ।

नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्ने यस्तो कार्यक्रम आयोजना गरिएको मञ्चले जानकारी दिएको छ । यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीका लागि निश्चित मापदण्ड तोकिएको थियो । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ ।

स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामाले आफनो सवै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तीय विवरण (अडिट रिपोर्ट) बझाउनु पर्नेछ । अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ ।

यी सबै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डका लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले सञ्चालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स