सुनको मूल्यमा गिरावट आउने क्रम जारी, कति छ आजको बजार भाउ ?

काठमाडौं । सुनको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख २ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स