घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १.९७ रुपैयाँ र डिजेल प्रतिलिटर ६.४० रुपैयाँले घटेर आएको छ ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स