काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ९० रूपैयाँ कायम भएको छ ।