सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले मनायो २५औं वार्षिकोत्सव

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाएको छ। रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरी संचालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा औपचारिक कार्यक्रम आयोजना गरेर २५औं वार्षिकोत्सव मनाएको हो।

२५औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए ।अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताउँदै मुख्यमन्त्री गिरीले निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराए।

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए।पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय संचालनका अनुकुल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सँधै प्राथमिकतामा राखेको बताए ।

त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे ।ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण वर्ष १९९८ को सन्दर्भ पारी वि.स. २०५४ माघ २३ गतेका दिन टीकापुरमा खाजा पसलका रुपमा सुरु गरेको ब्यवसाय पाँच तारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताए ।अन्य व्यबसायीलाई पनि उनले नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले परिणामको आशा राखेर निराश नभइ मिहिनेत गर्न सुझाव पनि दिए ।

२५ औं वार्षिकउत्सबको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाकामा एक जना ग्राहकलाई २५ बर्ष अघिकै सुरुवाती मूल्य बराबर १०० रूपैयाँ मा होटलको रुम उपलब्ध गराउने छ,साताभरी देशै भरका शाखामा कतिपय प्याकेज मूल्यमा २५५ सम्म छुट दिने लगायत सरसफाइ तथा स्वास्थ सिविर, वृद्धाश्रममा निस्शुल्क भोजन लगायतका कार्यक्रमहरू समेत राखिएका छन् ।समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, क्ष्त्, कृषी, ट्रेडिङ्, होटेल ब्याबस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन्।

न्यौपानेका अनुसार जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको छ। समूहका सबै शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन्।

कार्यक्रममा देशभर सिद्धार्थले संचालन गरेका होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरू मध्येबाट विभिन्न बिधा र शाखाका उत्कृष्टहरूलाई नगद राशी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।पुरस्कृत हुनेहरूमा इम्प्लोइ अफ द इयरमा कृष्ण कुमारी पुन,म्यानेजर अफ द इयरमा उत्तम खत्री हुनुहुन्छ भने फाइनान्स बिभागका प्रमुख ,फुड एन्ड बेभरेज उत्पादन प्रमुख मंगल डगौरा,फुड एन्ड बेभरेज सेवा प्रमुख बाशुदेव तिमल्सिना,फ्रन्ट डेस्क प्रमुख प्रकाश भट्ट,सेल्स एन्ड मार्केटिङ विभाग प्रमुख नवीन भट्ट छन् ।त्यस्तै भ्यू होटल सिद्धार्थ नेपालगन्ज उत्कृष्ट होटलका रुपमा पुरस्कृत भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स