काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ४ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय २० रूपैयाँ कायम भएको छ ।