पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढ्यो(पत्रसहित)

काठमाडौं । नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटिर ३ रुपैयाँ बढाएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको निगमको भनाइ छ ।

निगमले माघ १८ गते भारतीय आयल निगमबाट पेट्रोलमा ८.०१, डिजेलमा ७.९८ रुपैयाँ र मट्टितेलमा ४.६१ रुपैयाँ मूल्यवृद्धि भएर आएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स