सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले घटेर १ लाख ४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर १३ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स