एकैदिन यति धेरैले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार २ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले बढेर १ लाख ७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स