काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।