बाजेको सेकुवा र रोयल लाउञ्च ब्याङ्क्वेट एन्ड रेस्टुराँलाई विभागले तिरायो १/१ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सरकारले सिनामंगलमा रहेको बाजेको सेकुवा र तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याङ्क्वेट एन्ड रेस्टुराँलाई १/१ लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमनको क्रममा व्यवसाय दर्ता नगरेको भेटिएपछि १/१ लाख रुपैयाँ जरिवाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन बमोजिम दुबैलाई जरिवाना गरेको हो । ‘मेनुमाथिको सर्भिर चार्ज र भ्याटबारेमा अनुगमन गरेका थियौं, बाजेको सेकुवा र रोयलले कम्पनी रजिस्टार र भ्याटमा दर्ता भएपनि घरेलुमा दर्ता नभएको पाइएपछि कारवाही गरिएको विभागका सूचना अधिकारी होमनाथ भट्टराईले बताए । ‘‘कानुनबमोजिम दुवैलाई १÷१ लाख जरिवाना गरेका छौं,’ उनले भने ।

विभागले बानेश्वर क्षेत्रमा अनुगमन गर्दा सर्भिस चार्ज र भ्याटको विषय सबैले कार्यान्वयनमा ल्याएको उनले बताए । माघ ११ गते सर्वोच्च अदालतले होटल तथा रेस्टुराँहरूमा सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । यो कार्यान्वयन भए/नभएका सम्बन्धमा वाणिज्यले बजार अनुगमन गर्न थालेको हो । होटल तथा रेस्टुराँले मेनुमाथि सर्भिस चार्ज लिएको पाइएमा कारबाही गरिने भट्टराईले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स