उद्यमी, व्यवसायीदेखि बैंकर विभूषित, कसले के सम्मान पाए ?

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा उद्यमी, व्यवसायी, बैंकरलगायतलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ । सरकारले पाँचौं संविधान दिवसमा राष्ट्रलाई योग्दान पुर्याएको आधारमा उद्यमी, व्यवसायी र बैंकरलाई सम्मान्न गरेको हो ।

प्रभु समूहका अध्यक्ष देवीप्रकास भट्टचन, गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, पञ्चकन्या समूहका निर्देशक ध्रुवकुमार श्रेष्ठलगायतले सुकीर्तिमय राष्ट्रदीप पाएका छन् । यो पदवी कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापाले पनि पाएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, व्यवसायी साहिल अग्रवाललगायतले सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

प्रवल जनसेवाश्री पदक भने बैंकर उपेन्द्र पौडेल, रबिना देशराज जोशी, बीमक दिप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्तले प्राप्त गरेका छन् ।

सरकारले संबिधान दिवसका अवसरमा बिभिन्न ९ सय ३ जनालाई बिभिन्न मानपदवी र बिभुषण दिने निर्णय गरेको हो ।

१) सुकिर्तिमय राष्ट्रदिप
–एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
–प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन
–नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्र बिर मालाकार
–कैलाशचन्द्र गोयल रहेका छन् ।

२) सुप्रबल जनसेवाश्री
–नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा
–नेपाल उद्योग परिसंघ अध्यक्ष बिष्णु अग्रवाल
–शिव रतन शारडा
–साहिल अग्रवाल
–ध्रुव कुमार श्रेष्ठ

३) प्रवल जनसेवाश्री
–निर्माण व्यवसायी रमेश शर्मा
–मोतिलाल दुगड
–सञ्जय कुमार खेतान
–बिष्णु प्रसाद न्यौपाने
–पर्यटन व्यवसायी राजु ढकाल
–ग्यास उद्योगी गोकुल भण्डारी
अर्जुनमान सैँजु
गोबिन्द गोयन्का
नारायण अग्रवाल
कुज्ञ अग्रवाल
–बैंकर उपेन्द्र प्रसाद पौडेल
–रबिना देशराज जोशी
–बीमक दिप प्रकाश पाण्डे
–बीमक सुनिल बल्लभ पन्त
–व्यवसायी अम्बिका प्रसाद पौडेल
–चिन्तामणी न्यौपाने
–हुमनाथ कोइराला
–देव किसन मुन्दडा

४) जनसेवाश्री
–राजेन्द्र शाक्य नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष
–राधेश्याम हलुवाई
–साना उद्योगी सागर थापा
–कृषि व्यवसायी अम्बर बहादुर बानियाँ
–कमल किशोर मालपानी
–यादव सिंह कार्की
–चुन्न प्रसाद पौडेल
–नरिश्वर शर्मा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स