काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ ।