नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरूको मनोमानीका विरुद्ध गरे आन्दोलन घोषणा

काठमाडौं । शुक्रवार बसेको नेपाल राष्ट्रिय व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले संधै अपहेलना गरेको आरोप लगाएको छ ।

त्यस्तै,बैंकहरुले लिने चर्को ब्याजदर,कालोसूचीमा उद्योगी व्यवासायीहरुको नामाकरण तथा धितोलिलामी गरी व्यवसायीहरु दिनप्रति दिन आत्माहत्या र आत्मदाह गर्न बाध्य पार्ने काममो भ्रत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरु प्रति लिने नीति व्यवसायी मैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई अपहेलना गरेको बताए ।

उनले राज्यको नीति र बैंकहरुको मनोमानीको कारण व्यवसायीहरुले दैनिक आत्माहत्या गर्न थालेको बताए । उनले राज्य र बैंकहरुले व्यवसायीहरु माथि गरेको ज्यादतीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स