काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ११ सय रूपैयाँले घटेर १ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।