काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।