घट्यो दुवै सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स