२.५१ रुपैयाँले बढेर आयो पेट्रोलको मूल्य, डिजलको भने घट्यो

काठमाडौं। पेट्रोलको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मूल्य बढाएर पठाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल लिटरमा २.५१ रुपैयाँ बढेर आएको छ।
त्यस्तै, डिजलको मूल्य भने घटेर आएको छ । डिजल प्रतिलिटर ३.७३ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हाल नेपालमा पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ र डिजल १७२ रुपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स