काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो बनेको छ । केहि दिनयता लगातार बढेको सुनको मूल्यले नयाँ उचाइ कायम गरेको हो ।
सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।