महासंघको आगामी निर्वाचनमा ज्योत्सना श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आगामी चैत अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी छिन् । हाल महासंघ कार्यसमिति सदस्य रहेकी श्रेष्ठ यस अघिको कार्यकाल अर्थात शेखर गोल्छाको नेतृत्वमै महासंघ एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिन खोजेकी थिइन । तर, त्यति बेला अटो उद्यमी सौरभ ज्योतिलाई सघाउन उनले उम्मेदवारी दिइनन्् । आगामी चैतमा हुने महासंघको चुनावमा भने एसोसिएट उपाध्यक्षमामा आफूले उम्मेद्वारी दिने बताइन् ।

‘महासंघको नेतृत्व गर्न अर्थात उच्च पदमा पुग्न हरेक उद्यमीको चाहना र इच्छा हुन्छ । मैले पनि लामो समय यो क्षेत्रमा अनुभव सम्हालेकी छु र आफूलाई सो पोष्टको लागि योग्य ठानेर उम्मेदवारी दिने निर्णय गरेकी हुँ,’ उनले भनिन् ‘म मात्रै होइन म जस्तै उद्यम व्यवसायमा लागेका हरेक महिलालाई महासंघको नेतृत्व तहमा पुगरे काम गर्ने उच्च चाहना र अभिलाशा हुन्छ । म मात्रै होइन म जस्तै अन्य दिदी बहिनीलाई यसरी नै अघि बढ्न पनि सल्लाह दिन्छु ।’

‘मैले महासंघमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बसेर काम गर्ने धेरै मौका पाए । आफै उद्यमी भएका नाताले उनीहरूको समस्यालाई राम्रोसँग बुझेकी छु,’ अझ भन्नु पर्दा गहन रुपमा आफैले महशुस पनि गरेको छु । सो कारण म उपाध्यक्ष भएर अर्थात पदाधिकारी नै भएर एक पटक महासंघको उच्च नेतृत्वमा पुगेर अझ नजिकबाट परिणाममूखी काम गर्न चहान्छु । हरेक एसोसिएट सदस्यहरूको बोलि बनेर महासंघमा जान लागेको हुँ,’ उनले थपिन् ‘हाम्रो क्षेत्रमा भएका समस्या समाधान गर्न म दृढताका साथ लागि पर्नेछु ।’

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्ष १ सहित जिल्ला नगर उपाध्यक्ष १, एसोसिएट उपाध्यक्ष १ र वस्तुगत गरी ४ जना उपाध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्ष सो त अध्यक्ष बन्ने व्यवस्था विधान संशोधन गरेर गरिएको छ । महासंघले पशुपति मुरारका अध्यक्ष भएका बेला वरिष्ठ उपाध्यक्ष सो त अध्यक्ष बन्ने गरेर विधान संशोधन गरिएको हो । यसबीचमा भवानी राणा र शेखर गोल्छा सो व्यवस्था अनुसार अध्यक्ष बनिसकेका छन् ।

सो व्यवस्था अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्ने छन् भने विभिन्न विधाका ३ उपाध्यक्ष र १ वरिष्ठ उपाध्यक्ष सहित कार्यकारिणी सदस्यहरूको आगामी चैतमा निर्वाचन हुनेछ । हाल जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र वस्तुगत अध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । दुई वर्षे कार्यकाल रहेको महासंघको नेतृत्व कोभिडका कारण ७ महिना ढिला भएको थियो ।

महासंघ कार्यकारिणी सदस्यहरूमा जिल्ला/नगर सदस्यतर्फ १८, वस्तुगततर्फ १४ सदस्य र र एसोसिएटकातर्फबाट १९ सदस्य रहने व्यवस्था छ । त्यसैगरी जिल्ला तथा नगर सदस्यमा हरेक प्रदेशबाट एक/एक जनाको चुनिने व्यवस्था छ भने संस्थागत समूहबाट पनि १ जनाको महासंघ कार्यकारिणी सदस्यमा प्रतिनिधित्व रहने छ । द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघबाट पनि एक जना निर्विरोध कार्यकारिणी सदस्य बन्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स