काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ हजार १ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।