काठमाडौं । डिजी पे प्रा.लि. र २१ औं टेक प्रा.लि. बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बानेश्वर स्थित सामाजिक संजालको डिजिटल मार्केटिंग तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्था सँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसाय आवद्ध योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिंग द्वारा आफ्नो बजार विस्तार गर्न सकिने छ । २१ औं टेकको सौजन्य ३०,००० रूपैयाँ पर्ने प्रिमियम प्याकेज मात्र १५,००० रूपैयाँमा गर्न सक्नेछ साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकता अनुसार, ५०% सम्मको छुटमा बनाउन सकिने छ ।
२१ औं टेकका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायिलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताए र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरेकी छिन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।
त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले २१ औं टेक जस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको जनाए । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको बताए ।
सम्झौतापत्रमा २१ औं टेकका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा २१ औं टेक र डिजी पे का विभिन्न व्यक्तित्वहरु पनि उपस्थित थिए ।