काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ३४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ६० रूपैयाँ कायम भएको छ ।