नेपालमै पहिलो पटक पानासोनिकको शोरुम संचालनमा, सन् २०२३ सम्ममा सार्क क्षेत्रमा ३१ शोरुम पुर्याउने लक्ष्य

काठमाडौं । भारतमा विद्युतीय निर्माणको सबैभन्दा ठूलो घरेलू उत्पादक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्रमै २१ औं र नेपालमा पहिलोृ एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम संचालनमा ल्याएको हो ।

इसिएम स्पेस बाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ ।

अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट इटिएस, लुगा सुकाउने प्रणाली, रिभोल्मिङ सुज याक जस्ता उन्नत प्यानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनोट सहितका उत्पादनहरु सोरुममा उपलब्ध गराउने छ । कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउँदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता याक र सिटेड शावर जस्ता उत्पादन ल्याउने छ ।

प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गईरहेको छ । कम्पनीले सहरी उपभोक्ताहरुलाई लक्षित गर्दै समग्रमा फर्स्टह्याण्ड अनुभव मार्फत नवीन घरेलु समाधानहरु प्रदान गर्ने छ ।

पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताका कारण काठमाडौंका रियल इस्टेटसंग सम्बन्धीतहरु, आर्किटेक्टहरु, इन्टेरियर डिजाइनरहरु र उपभोक्ताहरुलाई प्रदान गर्ने छ । परिष्कृत सुरक्षा, आराम र सुविधाको कारण रणनीतिक रुपमा अवस्थित पानासोनिक लाइफ सोलुसन्सको शोरुम घरलाई सुन्दर र जीवनलाई सहज बनाउन आवश्यक उत्पादन हरु तथा समाधानहरु हुने छ ।

प्यानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणी इन्टरनेशनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने, ‘रुक्मणी इन्टरनेशनल नयाँ साझेदारीबाट निकै उत्साहित छ । पानासोनिक लक्जरी कलस किचेन्सहरु एशियाली घरहरुका लागि साँच्चै एशियाली किचनहरु हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनहरुमा कार्यक्षमता खोज्ने ग्राहकहरुको माग पुरा गर्ने छ । पानासोनिक लिभिङ स्टोर रुक्मणी इन्टरनेशनल, तारा भवन, प्रकास फार्मेसी नजिकै टेकुमा रहेको शोरुममा उत्पादनको डिस्प्ले गरिएको छ ।

काठमाडौंका ग्राहकहरुले अब सहरको मध्य भागमा रहेको शोरुमः पानासोनिक लिभिङ स्टोरको टेकुमा प्रकाश फार्मेसी संगै रहेको तारा भवनमा रुक्मणी इन्टरनेशनलमा ग्राहकले भ्रमण र अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स