काठमाडौं । सुनको मूल्य बढेर हालसम्मकै महँगो बनेको छ । केहि दिनदेखि सुनको मूल्य लगातार बढ्ने क्रममा रहेको छ ।
सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ३९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।