काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ३३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।