जुत्ता बेच्ने व्यापारीलाई ‘नेपाली जुत्ता’ चिनाउन यो एक्स्पो गर्न लागिएको होः सुरज बन्जाडे,एक्स्पो संयोजक

भोलि बिहीबारदेखि भृकुटी मण्डपमा १६ औ अन्तर्राष्ट्रिय फुटवेयर एक्स्पो हुँदैछ । स्वदेशी कम्पनीले फाइन प्रडक्ट र विदेशी कम्पनीेले प्रविधि, प्राविधिक, कच्चा पदार्थ र मेशिनरी प्रर्दशन गर्ने यो एक्स्पोमा जुत्ता व्यापार गर्ने व्यापारीलाई नेपाली जुत्तको वारेमा जानकारी दिनुका साथै बिक्री गर्न मोटिभेट गरिने छ । राष्ट्रपति विद्या भण्डारीले भोलि दिउँसो २ बजे उद्घाटन गर्ने उक्त एक्स्पोमा स्वदेश र विदेश गरी १२० भन्दा बढी स्टल रहने बताइएको छ । अन्तर्राष्ट्रिय एक्स्पोका वारेमा संयोजक सुरज बन्जाडेसँग हाम्रोअर्थले गरेको कुराकानीको सारः

१६ औं अन्तर्राष्ट्रिय फुटवेयर एक्स्पोको वारेमा बताइ दिनोस् न ?
भोलि बिहीबारदेखि यो एक्स्पो सु्रु हुँदैछ । पहिलेका एक्स्पो र अहिलेको एक्स्पोमा धरै फरक छ । हुन त यो १६ औ अन्तर्राष्ट्रिय एक्स्पो हो । भोलिदेखि ३ दिनसम्म यो एक्स्पो सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी उत्पादन राखिने छ भने विदेशी स्टलमा अन्य सामानहरू देख्न पाउनु हुनेछ भने नयाँ ज्ञान पनि हासिल गर्न सकिने छ ।

यो एक्स्पो गर्नुको खास उद्देश्य के हो । वर्षभरि नै तपाईहरूले सेल मेला लगाइ नै रहुन भएको हुन्छ ?
यो एक्स्पो र पहिला पहिला एक्स्पोमा धेरै भिन्नता छ । अग्रजहरूले यसमा धेरै काम गर्नु भएको छ । त्यहि हुनाले नै यो एक्स्पो गर्न धेरै सजिलो भएको हो । पहिला पहिला सेल मेला तथा औद्योगिक प्रदर्शनी गरिसकेपछि हामी उद्यमी बसेर समीक्षा गथ्र्यौ, मेलाबाट के के उपलब्धी भयो, कहाँ कहाँ हाम्रा त्रृटीहरू भयो हामीले सच्याउनु पर्ने कुन कुन कुरा हुन् भनेर । समीक्षाबार्ट नीति निर्माणको तहमा धेरै ध्यान आकर्षण भएको पाइयो । मन्त्री, सचिवलाई हाम्रो उत्पादन देखाउनथ्यौ, बताउँथ्यौ र सुनाउथ्यौ ।

त्यसले गर्दा नीतिमा अनूकुलता त भयो सहजीकरण पनि गरियो । हामीलाई प्रवद्र्धन गर्न सरकारले राम्रो रोल खेल्यो । र केहिमात्रामा हामीले उपभोक्तालाई पनि मिडिया मार्फत केहि जागरुक बनाउन सक्यौ । उपभोक्तालाई नेपाली उत्पादन राम्रो र गुणस्तरीय छ भनेर बुझाउन सकियो ।

तर, उपभोक्ता विकेन्दिीत हुँदा रहेछन् । उनीहरू कहाँ कहाँ जान्छ कता कता जान्छ त्यसपछि नेपाली उत्पादनलाई बिर्सिदा रहेछन् । उपभोक्ताको मनमा नेपाली जुत्ता लगाउने चाहना भएपनि बजारमा जे देखियो त्यहि नै खरिद गरिने रहेछ । नेपाली जुत्ता लगाउने चाहना हु्ँदै हुँदै पनि नेपालीले नेपाली जुत्ता लगाउन नपाइरहेको अवस्था छ ।

उपभोक्ताले नेपाली जुत्ता खरिद गर्नको लागि त उसले किन्ने शोरुममा नेपाली जुत्ता हुनुपर्यो । बजारमै नदेखिएपछि ग्राहकले जुन जुत्ता देख्छ अर्थात व्यापारीले जुन जुत्ताको वारेमा बताउँछ, सोही नै खरिद गर्ने हो ।

नेपाली जुत्ता उपभोक्ताको रोजाइ परेर पनि बिक्री नहुनुको खास कारण के रहेछ ? यस विषयमा कुनै अध्ययन गर्नु भएको छ ?
हो, हामीले यस सम्बन्धमा बजारको अध्ययन गरेका थियौ । बजारमा हामी उत्पादक बुझ्न जाँदा नेपाली जुत्ताको प्रशंसा सुन्न पाएपनि हाम्रो फ्याक्ट्रीबाट जुत्ता बिक्री हुँर्दैन । किन यस्तो हुन्छ भनेर बुझ्न अर्थात व्यापारीलाई किन तपाईहरू नेपाली जुत्ता बिक्री गर्नु हुन्न, उपभोक्ताले खोजिरहनु भएको हुन्छ, नेपाली उत्पादनको माया तपाईहरू पनि छ भन्दा उहाँहरूबाट नेपाली जुत्ताभन्दा विदेशी जुत्ता छिटो बिक्छ, फिनिसिङ राम्रो हुन्छ, नाफा धेरै हुन्छ भन्ने लगायतका कुराहरू बुझियो ।

व्यापारीहरूलाई पटक पटक नेपाली जुत्ता बिक्री गर्न आग्रह गर्दापनि केहि नलागेपछि अर्थात आफ्नो सामान जसले पनि राम्रो भनिहाल्छ नि भन्ने उहाँहरूको बुझाइ पाइएपछि हामीले नेपाली जुत्ता बिक्री नहुनुको ग्याप थाहा पायौं ।

जहाँ लगेर प्रर्दशनी गर्ने हो त्यहाँ भएन । नेपाली जुत्ताको गुणस्तरको वारेमा अर्थात नेपाली जुत्ता कसरी बन्छ, कसरी फिनिसिङ हुन्छ, विदेशी जुत्ता र नेपाली जुत्ताबीचको फरकपन के हो, कस्ता कच्चा पदार्थ प्रयोग भएका छन्,कति थिकनेश हुन्छ, त्यो त व्यापारीलाई थाहा हुँदैन । यो बुझाउन आवश्यक ठानियो । हामी उत्पादक र व्यापारीबीचको ग्याप थाहा पाएपछि हामीले यो प्रर्दशनीलाई उत्पादक र व्यापारीबीचको ग्यापलाई चिर्न यो एक्स्पो गर्न लागेका हौं ।

व्यापारीले नेपाली जुत्ता यसको गुणस्तरको वारेमा नबुझेर नबेचेका हुन् कि कम नाफा हुने भएर ?
हो, यो गहन विषय हो । नेपाली जुत्तामा एमआरपी लेखेको हुन्छ । एमआरपी लेखेपछि नेपाली जुत्तामा नाफामा बाउण्डरी हुने भयो, बाहिरको जुत्तामा त्यस्तो हुँदैन । आम उपभोक्तालाई सबै जुत्ताको मूल्य पनि थाहा हुँदैन । विदेशी जुत्तामा नाफा धेरै हुने र आम ग्राहकलाई नेपाली जुत्ता यो यो कारणले राम्रो हो भन्नेर बुझाउने तरिका व्यापारीलाई थाहा नहुँदा पनि नेपाली जुत्ता ग्राहकको रोजाइमा नपरेको हो । ग्राहकले जे देख्यो त्यहि नै किन्ने हो ।
३५ वर्ष जुत्ता व्यापार गरेका व्यापारीलाई यहाँ जुत्ता कस्तो छ भनेर सोधियो भने पनि उहाँहरूले राम्रो छ, बलियो छ, विदेशी हो भनेर मात्रै भन्न सक्नु हुन्छ । यस बाहेक अन्य केहि ज्ञान हुँदैन । जुत्ताको बारेमा राम्रो छ भनेर भन्नको लागि त त्यो जुत्ताको बारेमा पहिला ज्ञान हासिल गर्नुपर्यो । सरर हेर्दा विदेशी जुत्ताको फिनिसिङ राम्रो देखिएपनि लगाउँदा कुन जुत्ता गुणस्तरीय रहेछ भन्ने कुरा सहजै थाहा भइहाल्छ ।

तपाईले नेपाली जुत्ताको गुणस्तरको वारेमा उत्पादकले बुझाउन नसकेको स्वीकार गर्नु भएको हो ?

हो, नेपाली वस्तु हो भनेर मात्रै बिक्दैन, कसैले पनि आफ्नो मेहनतले कमाएको पैंसा त्यतिकै नबुझि खर्च गर्न चाहदैन । नेपाली जुत्ता राम्रो हुँँदा हुँदै पनि हामीले बजारीकरण गर्न सकेनौ । मार्केटिक गर्न सकेनौ भन्ने हो हाम्रो बुझाइ । त्यहि हुनाले हामीले अहिलेको एक्स्पोमा कन्जुमरलाई मात्रै ज्ञान दिएर हुँदो रहेनछ, उहाँहरूले पाएको नलेज त विकेन्द्रीत हुँदो रहेछ भनेर अब जसले जुत्ता बेच्न उनै व्यापारीलाई सिकाउन लागेका हौं । व्यापारीलाई बुझाउन सकियो भने सहि मानेका बजारीकरण हुने देखेर हामीले यो एक्स्पोमा जुत्ता नबेच्ने, व्यापारीलाई जतिसक्दो धेरै ज्ञान दिन लागेका छौं ।

व्यापारीले बुझे भने नेपाली जुत्ता बजार बढ्छ भन्ने तपाईहरूको विश्वास हो ?
नेपालमा १ लाख जुत्ता पसल होलान् । ती पसलले दैनिक १ जोरमात्रै नेपाली जुत्ता बिक्री गरे भने पनि वर्षभरिमा ९ करोड जुत्ता बिक्री गर्न सक्ने अवस्थामा हामी पुग्छौं । वर्षभरिको हाम्रो डिमाण्ड भनेको ९ करोड पियर जुत्ता हो । यसको ९० प्रतिशत त एउटा पसलले एक दिनमा एक जोर जुत्ता बिक्री गर्दा पनि पुग्दो रहेछ । सो कारण यो वर्षको एक्स्पोमा हामी कन्जुमरमा भन्दा पनि माध्यम अर्थात व्यापारीमामा केन्द्रीत हुन लागेका हौं ।

उसो भए यो एक्स्पोमा आम सर्वसाधारणले जुत्ता खरिद गर्न पाउँदैनन् ?
यसपालीको एक्स्पोमा कन्जुमरले एक्स्पोबाटै चुत्ता खरिद गर्न सक्नु हुन्न । ब्लकमा बिक्री गर्ने हाम्रो उद्देश्य हो । कन्जुमर र व्यापारी दुबैलाई सर्भिस दिन गाह्रो छ । जोडी खरिद गर्ने उपभोक्तालाई नेपाली जुत्ताको विषयमा बुझाउन थालियो भने व्यापारीलाई बुझाउन सकिदैन । त्यसैले यो एक्स्पोमा हामीले बजारभरि नेपाली जुत्ता देखिने र बिक्री गर्न रुचाउने बताउन व्यापारीलाई केन्द्रमा राखेका छौं । उपभोक्ताले जुत्ताको वारेमा जानकारी पाएपछि जहाँ गएर पनि खरिद गर्न सक्नुहुन्छ । यहाँ आएर जुत्ताको गुणस्तर र मूल्य भने उहाँहरूले पनि बुझ्न सक्नु हुन्छ ।

कुन कुन देशले यो एक्स्पोमा भाग लिँदै छन् ?
३ दिनसम्म सञ्चालन हुने यो एक्स्पो भोलि पुस २१ बाट सुरु भएर २३ गते सम्पन्न हुँदैछ । अहिले विशेष गरेर इन्डोनेशिया, टर्की चाइना र इण्डियाबाट सहभागि आउने भएका छन् । तर, चाइनाबाट भने कोभिडका कारणले डिशिजन गर्ने बेलामा २१ दिने क्वारिन्टिन परेका डिशिजन गर्न सक्नु भएन । सो कारण चाहँदा चाहँदै पनि चीन यो एक्स्पोका सहभागि हुन सकेन । अन्य देशका भने ख्यातीप्राप्त ब्राण्डको यहाँ सहभागिता हुनेछ ।

एक्स्पोमा कति स्टल रहन्छ ?
विदेशीको ४० वटा स्टल रहन्छ भने ९० नेपाली उद्यमी यसमा सहभागि हुनेछन् । एक्स्पोमा विदेशी कम्पनीहरूको फाइन प्रडक्ट हुँदैन । उहाँहरूको प्रविधि, प्राविधिक, कच्चा पदार्थ, मेशिनरी हुन्छ ।
साना उद्योगीलाई यस्ता मल्टिनेशनल कम्पनीसँग पहुँच राख्न गाह्रो हुने भएकोले हामीले एक्स्पोमार्फत पहुँच विस्तारमा सहजीकरण गर्न खोजेका हौं । उनीहरूले नयाँ टेक्नोलोजी ल्याउनु हुन्छ, उद्यमीले गुणस्तरीय सामान पाउन्छन् । यहाँ जुत्ता बनाउन पनि सिकाइन्छ अर्थात महँगा ब्राण्डका जुत्ता कुन टेक्नोलोजीबाट कसरी बन्दो रहेछ त्यो स्वदेशमै हेर्न सक्ने व्यवस्था मिलाएका छौं ।

कतिले भिडिट गर्छन होला यो एक्स्पो ? तपाईहरूको अनुमान कति हो ?
एक्स्पोमा देशभर छरिएर रहेका उद्यमी व्यवसायीलाई ल्याउनका लागि हामीले कल सेन्टरको व्यवस्था गरेका छौं भने ५०/६० हजारलाई फोन नै गरेका छौं । जिल्ला जिल्लामा कार्ड नै छापेर निमन्त्रण पठाएका छौं । सेलरको लागि गर्न लागिएको हो यो एक्स्पो । त्यसैले पनि अझ अवलोकन कर्ता बढ्नु हुन्छ भन्ने हाम्रो बुझाइ हो । जति सक्दो बढी व्यापारी र नयाँ उद्यम गर्न चाहनेका लागि एक्स्पो नगइ नहुने गन्तव्य बनाउन लागेका छौ ।

यो एक्स्पोले नेपलाी जुत्ता बजारलाई कति माथि लैजान्छ होला ?
हामी धेरै आशावादी छौं । यो एक्स्पोले विदेशी जुत्ता बजारको हिस्सा २५ देखि ३० प्रतिशतले घट्छ भन्ने हाम्रो विश्वास हो । यदि यसो भएमा हामीले चाहेको एचिभमेन्ट प्राप्त गर्न सक्छौ । अहिलेको बजारमा अझ एक तिहाइ नेपाली जुत्तको हिस्सा थपिन्छ ।

नेपालमा जुत्ताको मार्केट कत्रो हो ?
नेपालमा जुत्ताको वाािर्षक बजार १० करोड पियर हो । अहिले हामीसँग १६ करोड पेयर जुत्ता बन्न सक्ने पूर्वाधार निर्माण भएको छ । तर, अहिले हामीले ५देखि ६ करोड पियर मात्रै उत्पादन गरिरहेको छौं । क्षमताको एक तिहाइमात्रै उत्पादन भएको छ । अझै दुई तिहाइ बढाउने पूवार्धार तयार छ ।

यो क्षेत्रमा कति लगानी भएको छ र कति उद्योगी छन् ?
यो क्षेत्रमा करिव ३० अर्ब प्लस लगानी भएको छ । साना ठूला गरेर १५ सय उद्योग छन् । साढे २ सय ५० मझौला उद्योगी छन् । करिब ६० वटा उद्योगले २ हजारदेखि २५ सयलाई रोजगारी दिएका छन् । करिब ७० हजारले यो क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स